एप्पलले सन् २०२० को अन्तिम तीन महिनामा १ खर्ब ११ अर्ब अमेरिकी डलरको बिक्री

काठमाडौं, माघ १५ ।चर्चित प्रविधि कम्पनी एप्पलले सन् २०२० को अन्तिम तीन महिनामा १ खर्ब ११ अर्ब अमेरिकी डलरको पछिल्ला फोनहरु, ल्यापटप र ग्याजेट बेचेको छ।

बीबीसीका अनुसार महामारीकै बीच एप्पलले उत्पादन बिक्रीपछि गरेको यो आम्दानी सन् २०१९ को सोही अवधिभन्दा २१ प्रतिशतले बढी हो।

महामारीका बेला लकडाउनलगायतका कारण धेरै क्रियाकलापहरु अनलाइनमा जाँदा नयाँ प्रविधिजन्य उपकरणको माग बढेकोले एप्पलले धेरै परिमाणको बिक्री गरेको हो।

विश्वमा एप्पलका १ अर्ब ६५ करोडभन्दा धेरै सक्रिय डिभाइसहरु रहेका छन्। तीमध्ये १ अर्ब बढी त आईफोन मात्रै छन्। एप्पलले भर्खरै आईफोन १२ विश्वबजारमा ल्याएको थियो।

एप्पलका अनुसार चीनमा कम्पनीको उत्पादन बिक्री बलियो छ। त्यस्तै फाइभजी चल्ने फोनको खोजी सुरु हुँदा एप्पलको पछिल्लो फोनको बजार माग पनि बढेको छ।

चीन, हङकङ र ताइवानमा मात्रै कम्पनीको बिक्री ५७ प्रतिशतले बढेको छ भने युरोपमा १७ प्रतिशत र अमेरिकामा ११ प्रतिशतले बिक्री बढेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…