प्रधानमन्त्री ओलीले देशमा कोरोना खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आग्रह

काठमाडौं, माघ १४ ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आम नागरिकलाई आग्रह गरेका छन्।

बुधबार बिहान सरकारी निवास बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत खोप अभियानको उद्घाटन समारोह उनले खोप सुरु भए पनि मास्क लगाउने, दूरी कायम गर्ने, सरसफाइमाजस्ता कुरामा ध्यान दिन आग्रह गरेका हुन्।

उद्घाटन मन्तव्य दिँदै उनले भने, ‘खोप प्रारम्भ भए पनि यो (कोरोना महामारी) निमिट्यान्न नहुँदासमम मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने तथा उचित खानपान र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।’

विज्ञहरूले पनि खोप लगाउनेबित्तिकै संक्रमणको जोखिम अन्त्य नहुने भएकाले होसियारी जारी नै राख्नुपर्ने बताइरहेका छन्।

विज्ञका अनुसार खोपको पहिलो डोज लिँदासम्म पनि उसले अर्काे व्यक्तिलाई भाइरस सार्न सक्छन्। अर्काे कुरा खाेप शतप्रतिशत नै प्रभावकारी हुन्छ भन्ने ग्यारेन्टी पनि छैन।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…