रत्ननगरमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं, माघ १३ ।पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान दायाँ मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन्।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…