नेपालमा भोलि बिहान १० बजे देशभर एकसाथ कोरोना खोप लगाउने अभियान सुरु

काठमाडौं, माघ १३ ।नेपालमा भोलि अर्थात् बुधबार बिहान १० बजे देशभर एकसाथ कोरोना खोप लगाउने अभियान सुरु गरिँदै छ।

धेरैलाई जिज्ञासा हुन सक्छ पहिलो खोप कसले लगाउला?

भोलि भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकसाथ खोप अभियान सुरु गर्ने छन्।

त्यस क्रममा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले पहिलो खोप लगाउने छन्।

‘कोरोनाको पहिलो केस हेर्ने पनि हामी नै हौं,’ मंगलबार दिउँसो डा. राजभण्डारीले भने, ‘डाक्टरले त खोप लगाइराख्या छन् भनेर जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न मैले सुरुमा खोप लगाउने निधो गरेको हुँ।’

नेपाललाई भारतबाट अनुदानस्वरूप ४ लाख ५० लाख डोज कोभिसिल्ड खोप प्राप्त भइसकेको छ र त्यो सातै प्रदेशमा पुर्‍याइसकिएकाे छ।

निर्देशक डा. राजभण्डारीका अनुसार शुक्रराज अस्पतालका २६३ जना डाक्टर/स्वास्थ्यकर्मीले खोप लगाउनेछन्।

डा. राजभण्डारीका अनुसार भारतबाट प्राप्त कोरोना खोप तुलनात्मक रूपमा सुरक्षित छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…