हिउँदयाममा केटु हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकाे नेपाली टाेली स्वदेश फर्किए

काठमाडौं, माघ १३ ।हिउँदयाममा केटु हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकाे नेपाली टाेली स्वदेश फर्किएकाे छ।

विश्वको दोस्रो अग्लो हिमालमा आरोहण गरेका १० जना मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।

उनीहरुले गत माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए।

नेपाल पर्वतारोहण संघले आरोहीहरुलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरेकाे हाे। स्वागतका लागि टानका प्रतिनिधिसमेत विमानस्थल पुगेका थिए।

नेपालका निर्मल पुर्जा, मिङमा जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए।

उनीहरुका स्वागतका लागि विमानस्थलदेखि तीनकुने, नयाँबानेश्वर, भद्रकाली सुन्धारा हुँदै ठमेलसम्म मोटरसाइकल र्‍याली गरिएकाे थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…