मोडेर्नाले आफूले विकास गरेको खोपले नयाँ कोरोना भाइरसविद्ध पनि काम गर्ने दाबी

काठमाडौं, माघ १३ ।अमेरिकाको औषधी उत्पादक कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले पछिल्लो समय निकै संक्रामक बनेर फैलिरहेको नयाँ कोरोना भाइरसविद्ध पनि काम गर्ने दाबी गरेको छ।

प्रयोगशालमा गरिएको प्रारम्भिक परीक्षणले कोरोनाको नयाँ भेरिएन्ट (प्रकार) विरुद्ध पनि लड्न सक्षम देखिएको मोडर्नाका वैज्ञानिकले बताएका हुन्।

तर यसको थप अध्ययनका लागि मानिसमै परीक्षण गरेर हेर्नुपर्ने उनीहरूको भनाइ छ।

बीबीसीका अनुसार दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारका लागि दोस्रो बुस्टर थप गर्ने मोर्डनाले जनाएको छ।

किनकि दक्षिण अफ्रिकामा देखिएकाे काेराेनाकाे नयाँ प्रकार बढी फैलिने मात्र नभएर पुराेनाे भाइरसभन्दा अलि घातक पनि रहेकाे प्रारम्भिक अध्ययनले देखाएका छन्।

कोरोनाको नयाँ प्रकार सबैभन्दा पहिले सेप्टेम्बरमा बेलायतमा देखिएको थियो। जुन पहिलेको कोरोनाभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकले बताएका छन्।

बेलायतमा देखिएको नयाँ कोरोनाबाट नेपालका पनि ३ जना संक्रमित पाइएको थियो, जो बेलायतबाट फर्किएका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…