सूर्यबाट झन्डै १४ करोड ७० लाख किलोमिटर दूरी पार गर्दै आज सौर्य आँधी पृथ्वीमा ठोक्किन आइपुग्ने अनुमान

काठमाडौं, माघ १२ ।सूर्यबाट झन्डै १४ करोड ७० लाख किलोमिटर दूरी पार गर्दै आज सौर्य आँधी पृथ्वीमा ठोक्किन आइपुग्ने अनुमान गरिएको छ।

सौर्य तुफान आँधीका कण द्रुत गतिमा पृथ्वीतर्फ बढिरहेका छन् र आज पृथ्वीमा ठोक्किन आइपुग्ने सम्भावना रहेको अन्तरिक्ष वैज्ञानिकले पुष्टि गरेका छन्।

यसले उत्तरी ध्रुवमा आज (जनवरी २५) राति अरुणोदयको दृश्य देख्न सकिनेछ। यस क्रममा पूरै आकाश हरियो वा नीलो प्रकाशले रंगिने सम्भावना छ।

वास्तवमा नयाँ वर्षमा सूर्यमा सुरुवाती विस्फोट भएको थियो। जनवरी २ मा यस ताराको ऊर्जाबाट ठूलो विस्फोट भएको थियो। अहिले यसैको असर धर्तीमा देखिन लागेको हो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सोलर डायनामिक्स अब्जर्भेटरीले विस्फोटका क्रममा निस्किएका कण आकाशमा जाँदै गर्दा तस्बिर खिचेको थियो।

वैज्ञानिकका अनुसार सूर्यको कोरभित्र चुम्बकीय म्याग्नेटिक फिलामेन्ट बन्नाका कारण सूर्यको दक्षिणी गोलार्द्धमा विस्फोट भएको हो।

जब कण धर्तीमा ठोक्किनेछन् तब के हाेला?

साैर्य प्रणालीमा दुई कोरोनल मास इजेक्सन (सीएमई) हुन्छन्, जसमा एउटा धिमा गतिकाे अर्काे अलि तेज गतिकाे। यी दुई मिलेका खण्डमा गति तीव्र हुन सक्छ।

खगोल विज्ञान साइट स्पेस वेदरका अनुसार यी कण धर्तीसम्म आइपुग्न सक्छन्। यसमा जिज्ञासा हुन सक्छ कि यो धर्तीमा आइपुग्दा कस्तो असर पर्ला? यदि ती कण धर्तीमा ठोक्किए भने उत्तरी वा दक्षिणी गाेलार्द्धमा सुन्दर रंगीन दृश्य देखिनेछ।

अनुसन्धानकर्ताका अनुसार यसको दोस्रो असर पनि हुन सक्छ। पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने खतरनाक विकिरणबाट मानिसलाई बचाउँछ, तर सौर्य आँधीको असर सेटलाइटमा आधारित प्रविधिमा पर्न सक्छ।

सौर्य वायुका कारण पृथ्वीको बाहिरी वायुमण्डल तात्न सक्छ, जसले सेटलाइटनमा असर पार्न सक्छ। यसले जीपीएस नेभिगेसन, मोबाइल फोनको सिग्नल र सेटलाइट टीभीमा अवरोध आउन सक्छ। विद्युतीय लाइनमा तेज गतिमा करेन्ट प्रवाह हुन सक्छ, जसका कारण ट्रान्सफर्मर उड्न पनि सक्छ।

तर सामान्यतया यस्तो अवस्था कमै आउँछ। सन् १९५९ मा भने यस्तै शक्तिशाली साैर्य तुफान आउँदा युराेपमा  टेलिग्राफ सिस्टम बन्द भएकाे थियाे।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…