कुवेतका लागि उत्तर कोरियाली राजदूत हुँदाहुँदै रिउ ह्युन–वो आफ्ना परिवारसहित सन् २०१९ को सेप्टेम्बरमा वेपत्ता

काठमाडौं, माघ १२ ।कुवेतका लागि उत्तर कोरियाली राजदूत हुँदाहुँदै रिउ ह्युन–वो आफ्ना परिवारसहित सन् २०१९ को सेप्टेम्बरमा वेपत्ता भएका थिए।

देशका प्रमुख कूटनीतिज्ञ उनी आफ्नो सरकारसँग सम्पर्कमा थिएनन्। यतिबेला उनी दक्षिण कोरियामा भएको खबरहरु आएका छन्।

दक्षिण कोरियाको प्रमुख मानिएको मेइल बिजनेस डेली पत्रिकाका अनुसार हाल रिउ ह्युन परिवारसहित दक्षिण कोरियामा छन्।

पत्रिकाका अनुसार उनी आफ्नो साथै छोराछोरीको भविष्यका लागि दक्षिण कोरियाको शरणमा आएका हुन्।

उनी सन् २०१७ देखि कुवेतमा कार्यवाहक राजदूत थिए।

उत्तर कोरियाबाट प्रत्येक वर्ष १,००० जना जति भागेर दक्षिण पुग्छन्। तर वरिष्ठ अधिकारी भाग्ने घटना विरलै हुन्छ।सन् २०१८ मा इटलीमा खटेका एक उत्तर कोरियाली कूटनीतिज्ञ पनि बेपत्ता भएका थिए। उनी २०१९ मा भागेको कुरा गत वर्ष मात्र सार्वजनिक भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…