भीमेश्वर नगरपालिकाले अन्तरजातिय विबाह गर्ने एक जोडिलाई आईतबार ५० हजार नगदसहित सम्मान

दोलखा, माघ ११ ।नेपालमा अन्तरजातिय विवाह गरेका कतिपय जोडीहरु छुटेका छन् भने कतिपय समाजबाट बहिष्कृत भएर बसेका छन् । नेपाल सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन पनि गरेको छ ।

तर अझै पनि अन्तरजातिय विवाहले समाजमा स्थान पाउन नसकेको यो अवस्थामा दोलखाको भीमेश्वर नगरपालिकाले अन्तरजातिय विबाह गर्ने भीमेश्वर नगरपालिकाका एक जोडिलाई आईतबार एक समाहरोका विच सम्मान गरेको छ । अन्तरजातीय विवाहले नै समाजमा जातीय विभेद, छुवाछूत अन्त्य गर्न सकारात्मक भूमिका खेल्न सक्छ । तर, हाम्रो समाजमा अन्तरजातीय विवाहको वातावरण अझै बन्न सकेको छैन ।

जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप अन्तरजातिय विवाह गर्ने  जोडिलाई नगरपालिकाले आफ्नो २५औ स्थापना दिवसको अवसरमा अन्तरजातिय विबाह गर्ने भीमेश्वर नगरपालिका वडा नम्वर ३ का प्रदिप सेञ्चुरी र शैलुङ गाउँपालिका वडा नम्वर ६ का नेत्राकुमारी खड्कालाई नगद ५०हजार सहित सम्मान गरेको हो । विवाहीत जोडीलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी प्रमुख र जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

दलित र गैर दलित बीचको अन्यायपूर्ण कुमान्यतालाई तोड्न साहस गर्ने जोडीहरुलाई सम्मान गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिनुभयो । नगपालिकाले पहिलो पटक सेञ्चुरी र खड्कालाई अन्तरजातिय विबाह गरेकामा सम्मान गरेको हो ।खड्काले सेञ्चुरीसँग केहि महिना अघि प्रेम विबाह गर्नुभएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…