काठमाडौं, माघ ११ ।न्युज २४ टेलिभिजन छाडेका रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम भने परिष्कृत सोच र स्वरूपमा फेरि आउने बताएका छन्।
त्यसका लागि आफू टिम तयारीमा जुटिसकेको उनले जानकारी गराएका छन्।
सामाजिक सञ्जालमार्फत उनले दुःखमा परेका नागरिकलाई सम्पर्क गर्न भन्दै नयाँ फोन नम्बरसमेत सार्वजनिक गरेका छन्।
उनले शनिबार फेसबुकमा लेखेका छन् :
अब कार्यक्रमको तयारीमा जुट्यौ।।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क…
Posted by Rabi Lamichhane on Friday, January 22, 2021