प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, माघ ११ ।आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा आयोजित विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो।

आज थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि नेकपाका दुई गुट औपचारिक रूपमै अलग भएका छन्। प्रचण्ड–नेपाल पक्ष ओलीको कदमविरुद्ध चरणबद्ध आन्दोलनमा छ भने ओली समूह आफ्नो कदमको प्रतिरक्षामा छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…