अमेरिकाका प्रसिद्ध टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

काठमाडौं, माघ १० ।अमेरिकाका प्रसिद्ध टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ ।

विश्वका शक्तिशाली नेताहरु, चर्चित सेलिब्रिटीदेखि सामान्य व्यक्तिसम्मका अन्तरवार्ता लिएर आधा शताब्दीसम्म चर्चामा रहेका सञ्चारकर्मी किङको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी ८७ वर्षका थिए।

उनको नाममा स्थापित ल्यारी किङ फाउन्डेसनले उनको उपचारका क्रममा निधन भएको मात्र बताएको छ। रोग र निधनको कारणबारे खुलाएको छैन।

तर सीएनएनले भने कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा उपचार गराइरहेको बताएको छ।

सीएनएनमा उनले प्रस्तुत गर्ने ल्यारी किङ लाइभ नामक टक शो निकै चर्चित थियो।

उनले पाँच दशक विश्वका प्रमुख राजनीतिज्ञ, सेलिब्रिटी तथा न्युजमेकरहरु अन्तर्वार्ता गरेका थिए।

२५ वर्ष सीएनएनसँग आवद्ध रहेका उनी सन् २०१० मा उनी ल्यारी किङ लाइभबाट रिटायर भएका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…