पाकिस्तानमा टिकटक बनाउने क्रममा रेलको ठक्करबाट एक युवाको मृत्यु

काठमाडौं, माघ १० ।पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ।

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ।

रेलमार्गमा टिकटकका लागि अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको मृत्यु भएको जनाइएको छ।

उनको साथीले टिकटक भिडियो बनाउँदै गर्दा समेत रेल आएको चाल नपाएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले जानकारी दिएका छन्।

उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि जनाइएको छ।

केही समय अगाडि मात्र नेपालमा पनि टिकटक बनाउने क्रममा एक युवाको मृत्यु भएको थियो। उनको पुलमा झुन्डेर टिकटक बनाउने क्रममा खसेेर मृत्यु भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…