भारतको तमिलनाडुमा एउटा हात्तीमाथि मानिसहरुले जलिरहेको टायर आक्रमण

 काठमाडौं, माघ १० ।भारतको तमिलनाडुमा एउटा हात्तीमाथि मानिसहरुले जलिरहेको टायर आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ।

उक्त टायर हात्तीको शरीरबाट नझरेपछि त्यसले जलेर हात्ती गम्भीर घाइते भएको थियो।

बीबीसीहिन्दीका अनुसार घाइते हात्ती यतिबेला सोही घटनाका कारण मरेको छ।

हाल भिडियो सार्वजनिक भएपछि तमिलनाडुमा भएको यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ।

मावन अधिकारकर्मीहरुले यस कार्य निकै नै क्रुर र अमानवीय भएको बताइरहेका छन्।

बीबीसीहिन्दीका अनुसार हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको अभियोगमा यतिबेला प्रहरीले दुई व्यक्तिलाई गिरफ्तार गरेर अनुसन्धान थालेको छ।

निलगिरिको मावानेलाको रेमन्ड र प्रशान्त नाम गरेका दुई व्यक्ति गिरफ्तार भएका हुन्। हाल तेस्रा व्यक्ति रेयानको पनि खोजी भइरहेको छ।

उनीहरु तीनै जनामाथि वन्यजन्तु संरक्षण कानुन अन्तर्गत कारवाही अगाडि बढाइने छ।

आगोले घाइते भएको उक्त हात्तीको कान काटेर उपचार गर्नु परेको थियो। मसिनागुडी नजिकैको मदुमलाई टाइगर रिजर्भमा हात्तीको उपचारकै क्रममा मृत्यु भएको थियो।

यस घटनामा संलग्न भएकाहरुमाथि कडा कारवाही हुनुपर्ने माग उठेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…