नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु

काठमाडौं, माघ १० ।नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएकाे छ।

केही दिन उल्लेखनीय माैसमी प्रणाली नभएकामा शुक्रबार साँझबाट पश्चिमी वायुकाे सामान्य प्रभाव सुरु भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले शनिबार बिहान ६ बजे जनाएअनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा माैसम आंशिकदेखि सामान्यसम्म बदली भएकाे छ भने तराईमा हुसु/कुहिरो लागेको छ। यसबाहेक बाँकी स्थानमा भने मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएकाे छ।

माैसमविद्का अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ :

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र  बागमती  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

माघ ११ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूर पश्चिम र प्रदेश न. १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १२ गते (सोमबार)

दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका प्रदेश न. १ प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…