भारतकाे कोरोनाविरुद्ध खोप उत्पादक कम्पनीमा बिहीबार भएको भीषण आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरकाे आर्थिक नाेक्सान

काठमाडौं, माघ १० ।भारतकाे पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको भीषण आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरकाे आर्थिक नाेक्सान भएकाे छ।

कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिएका हुन्।

तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले बताए। सिरम कम्पनीमा बिहीबार भीषण आगलागी हुँदा ५ जनाको मृत्युसमेत भएको थियो।

कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं। तर बीसीजी इन्जेक्सनको आपूर्ति प्रभावित हुन सक्छ। यस घटनाबाट ठूलो आर्थिक क्षति भयो।’

यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगालगीमा परी मृत्यु भएका पाँच जनाका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…