इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले गरेकाे एक ट्विटले विवाद सिर्जना

काठमाडौं, माघ १० ।इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार गरेकाे एक ट्विटले विवाद सिर्जना गरेको छ।

उनले ट्विटरमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्दै इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए।

ट्विटमा खामेनीले एउटा तस्बिर राखेका छन्, जसमा ट्रम्पको अनुहारसँग मिल्दोजुल्दो एक व्यक्ति लडाकु विमान वा ड्रोनको छायामा गल्फ खेलिरहेको देखिन्छ।

उक्त ट्विटपछि ट्विटरले खामेनीको ट्विटर अकाउन्ट नै बन्द गरिदिएको छ। खामेनीले फारसी भाषामा ट्विट गर्दै लेखेका थिए, ‘बदला लिन बाध्य छ।’ उनले बदला शब्द रातो अक्षरमा लेखेका थिए। उनले अगाडि लेखेका थिए, ‘सुलेमानीका हत्यारा र उनको हत्या गर्नेले यसको मूल्य तिर्नुपर्नेछ।’

जनरल सुलेमानीको नेतृत्वमा इरानले इराक र सिरयाका थुप्रै समूहलाई सहयोग पुर्‍याउँदै आफ्नो स्थिति बलियो पारेको थियो।

एक वर्षअघि बग्दादमा सुलेमानीको हत्या भएको थियो। उक्त हत्या अमेरिकी सैनिकको ड्रोन हमलामा भएको थियो। त्यसबेला अमेरिकाका तत्कालीन राष्ट्रपति ट्रम्पले सुलेमानी लाखौं व्यक्तिको हत्यामा जिम्मेवार रहेको दाबी गरेका थिए।

सुलेमानी मारिएलगत्तै इरानले त्यसको बदलामा इराकको अमेरिकी एयरबेसमा केही मिसाइल हानेको थियो। त्यसबेला पनि खामेनीले अपराधीहरुलाई कडा सजाय दिने उद्घोष गरेका थिए। अहिले खामेनीले गरेको ट्विटमाथि धेरै मानिसले आपत्ति जनाउँदै उनकाे टि्वट अकाउन्ट बन्द गर्न माग गरेका थिए।

यसअघि ट्विटरले ट्रम्पकाे टि्वटर अकाउन्ट सधैँका लागि बन्द गराइसकेकाे छ। अमेरिकी संसदमा यही जुन ६ मा हिंसात्मक आक्रमण भएपछि ट्रम्पले हिंसा भड्काउने कुरा लेखेको आरोप ट्विटरले लगाइएको थियो।

तर अहिले इरानका सर्वाेच्च नेता  खामेनीको अकाउन्ट बन्द गरेका विषयमा ट्विटरले कुनै प्रतिक्रिया दिइसकेको छैन।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…