निर्वाचन आयोगद्वारा आयोजना गरेकै कार्यक्रममा ‘केपी ओली मुर्दावाद’ भन्ने नारा

मोरङ, माघ १० ।निर्वाचन आयोग मोरङले निर्वाचन कार्यक्रमबारे दलहरुलाई जानकारी गराउन आयोजना गरेकै कार्यक्रममा ‘केपी ओली मुर्दावाद’ भन्ने नारा लागेको छ।

कार्यक्रममा सहभागी हुन पुगेको नेकपा (प्रचण्ड–माधव)समूहले नै कार्यक्रम भइरहेको समयमा नाराबाजी गरेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला निर्वाचन आयोगको कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक कार्यक्रममा सो समूहको तर्फबाट नेता पारुल क्षेत्रीले विरोधस्वरुप ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ को नारा लगाएका छन्।

कार्यक्रममा नाराबाजी निरन्तर गरेपछि कार्यक्रममा उपस्थित मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले क्षेत्रीलाई रोक्नु परेको थियो । ‘तपाईको कुरा हामीले सुन्यौं, हामी संविधान बमोजिम अगाडि बढ्छौं, तपाई बस्नुहोस्,’ निरौलाले क्षेत्रीलाई आग्रह गर्दै भने। त्यसलगत्तै क्षेत्री कार्यक्रम बहिष्कार गरेर हिंडेका थिए।

कार्यक्रम बाहिरिएपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै क्षेत्रीले अदालतमा मुद्दा चलिरहेको र सम्पूर्ण राजनितिक दलहरु संसद पुर्नस्थापनाको पक्षमा भएको अवस्थामा निर्वाचनको तयारी थाल्नु अनुचित रहेको बताए।

राजनीतिक दलसँगको कुनै समन्वय र छलफल बिना निर्वाचनको तयारी थाल्नु संविधान विरोधी हर्कत भएको उनको भनाई छ। ‘५ वर्ष नपुगी निर्वाचन हुँदैन, तर तपाईहरु मजाक जस्तो बसाँईसराई गराईरहनुभएको छ, निर्वाचनको तयारी गरिरहनुभएको छ, मतदान केन्द्र निर्धारण गरिरहनुभएको छ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…