भारतको राजस्थानस्थितकी एक महिलामा देखिएको कोरोनाले डाक्टरलाई समेत हैरान बनायो

काठमाडौं, माघ ९ ।भारतको राजस्थानस्थित भरतपुरकी एक महिलामा देखिएको कोरोनाले डाक्टरलाई समेत हैरान बनाएको छ।

शारदा देवी नामकी ती महिला पछिल्लो पाँच महिनादेखि कोरोनासँग लडिरहेकी छिन्। पहिलोपटक उनको सेप्टेम्बर ४ मा कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आयो। त्यसयता उनी कोरोनाबाट उम्किन सकेकी छैनन्।

पाँच महिनामा उनको ३१ कोरोना परीक्षण भइसकेको छ भने सबै रिपोर्ट पोजिटिभ आएको छ। उनको उपचारमा खटिएका डाक्टरहरुलाई समेत शारदा देवीमा देखिएको कोरोना संक्रमणले हैरान पारेको छ।

अहिले उनलाई थप जाँच परीक्षणका लागि अर्को अस्पताल सारिएको छ। उनी आश्रममा बस्ने महिला हुन्। उनको आमाबुबाको निधन भइसकेको छ। उनलाई घरबाट समेत निकालिएको थियो। त्यसपछि उनी आश्रम बस्नथालेकी थिइन्। सेप्टेम्बरमा पहिलोपटक कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो।

कोरोना लागेपछि उनको शरीरको तौल समेत निरन्तर बढिरहेको छ। यसलाई डाक्टरहरुले आश्चर्य मानेका छन्। उनलाई फेरि अर्को अस्पताल सार्ने तयारी गरिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…