प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनल नजिक

काठमाडौं, माघ ९ ।प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनल नजिक पुगेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा बागमतीले शुक्रबार प्रदेश २ लाई ६ विकेटले पराजित गर्यो।

प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। बागमती प्रदेशका पृथु बास्कोटा ५३ र कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा नटआउट रहे।

विभात्सु थापाले ४७, आकाश थापाले ३२ रनको योगदान गरे। ईशान पाण्डे १५ रन जोड्दा आदिल खान ५ रन जोड्दै पवेलियन फर्के।

प्रदेश २ का हरिशंकर शाहले २ तथा विशाद सुस्लिङ र कुमार थापाले एक–एक विकेट लिए।

त्यसअघि मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२  ४८ दशमलव २ ओभरमा १ सय ७९ रन जोड्दा अलआउट भयो।

विवेक यादवले सर्वाधिक ६६ रानको योगदान दिए। ७४ बलको सामना गरेका यादवले ६ छक्का र ६ चौका मद्दतमा ६६ रन जोड्ला रन आउट भए। कुमार थापा २२, राहुल प्रताप सिंह १८, सुधिर चौधरी १५ र सुरज कुर्मीले १३ रन जोडे।

दिभ्यांशु मल्लीक १ रनमा नटआउट रहे। अन्य ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रदेश २ लाई कम स्कोरमा रोक्न बाग्मतीका गौतम केसी एक्लैले ४ विकेट लिए। केसीले आफ्नो स्पेलमा १ मेडन राख्दै २९ रन खर्चे।

रामनेश गिरिले १० ओभरमा ३ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक–एक विकेट रह्यो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…