
काठमाडौं, माघ ९ ।प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १५ रनको योगफल तयार पारेको छ।
प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रनको योगदान दिए। ९७ बलको सामना गरेका लोहनीले ९ चौका प्रहार गरे। मनिस थापाले २५, फिर्दोस अन्सारी र श्रवण यादवले समान १७ रन जोडे।
कर्णाली प्रदेशका रविन्द्र शाहीले ३ विकेट लिए। दिनेश अधिकारी र अर्जुन चुनाराले २–२ विकेट लिए।