प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दै

काठमाडौं, माघ ९ ।प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ।

नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता उतार्न दावी गरेको छ। त्यसका लागि नेकपाले उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका धादिङ, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, चितवनबाट समेत नेता कार्यकर्तालाई काठमाडौँ उतारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरेको थियो।

प्रचण्ड

प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष समितिका संयोजक योगेश भट्टराईका अनुसार उपत्काका विभिन्न ९ स्थानबाट जुलुस निकाल्न लागिएको हो। ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।

अहिले जलुस

सुरु हुने स्थानमा कार्यकर्ताहरु जम्मा हुन थालिसकेका छन्।

प्रचण्ड

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुने र त्यसपछि सभामा परिणत हुने नेकपाले जनाएको छ।

जुलुस सुरु हुनु अगाडि नै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ।

ट्राफिकले अहिले उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको छ।

त्यस्तै जुलुस सुरु हुन थालेसँगै काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, पुतलीसडक, प्रदर्शनी केन्द्र, रत्नपार्क जमल आसपासको ट्राफिक अस्तव्यस्त बनेको हो।

प्रचण्ड

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…