अमेरिकास्थित चिनियाँ दूतावासको ट्विटर ब्लक

काठमाडौं, माघ ८ ।अमेरिकास्थित चिनियाँ दूतावासको ट्विटर ब्लक गरिएको छ।

एनडीटीभीका अनुसार चिनियाँ दूतावासको ट्विटरमा सिनजियाङ क्षेत्रका उइगर मुसलमानमाथि चीन सरकारले लिएको नीतिको बचाउ गरिएको सामग्री पोस्ट गरिएपछि उक्त ट्विटर ह्यान्डल ब्लक गरिएको हो।

चीनले उइगर समुदायको जनसंख्या नबढोस् भनेर त्यस समुदायका महिलाहरुको जबरजस्ती बन्ध्याकरण गरिदिएको समाचारहरु आएका छन्। यस कार्य मानव अधिकारविरुद्ध भएको भन्दै चर्को विरोध भएको छ।

यसै महिना दूतावासले चिनियाँ पत्रिका चाइना डेलीको एउटा समाचार सेयर गरेको थियो। आरोपहरको खण्डन गर्दै त्यहाँ उइगर समुदायका महिला बच्चा जन्माउने मेसिन नभएको उल्लेख गरिएको थियो।

उक्त पोस्ट सेयर भएको २४ घन्टापछि ट्विटरले उक्त पोष्टलाई हटाइदिएको थियो। जनवरी ९ देखि उक्त ट्विटर ह्यान्डल ब्लक भएको बताइएको छ।

उक्त ट्वीटर ह्यान्डलमा हामी पहिलेका सामग्रीहरु देख्नसक्छौं। तर त्यो अहिले सक्रिय छैन। ब्लक हटाइएपछि उक्त ट्विटर फेरि सक्रिय हुनेछ।

ट्विटरले मानवीय मूल्य र मान्यतामा आँच पुग्ने सामग्रीलाई हटाउँदै आएको छ। यसबीचमा @ChineseEmbinUS टि्वटर ह्यान्डलमा सेयर भएकाे सामग्री पनि त्यस्तै किसिमको भएको बताइएको छ।

डोनाल्ड ट्रम्पको प्रशासनले सरकारको कार्यकाल सकिन केहीघण्टा अगाडि मात्र सिनजियाङका उइगर समुदायको चीनले नरसंहार गरेको पनि आरोप लगाएको थियो।

ट्विटरले बिहीबार एक वक्तव्यमा आफूहरुले कुनै पनि जाति, धर्म, उमेर, राष्ट्रियता, अपांगता, रोगीहरुविरुद्ध पोस्ट भएका सामग्रीलाई हटाउने जानकारी दिएको छ।

यसअघि नै मानवअधिकारवादी संस्थाहरुले धेरैपटक प्रतिवेदन सार्वजनिक गर्दै उइगर मुस्लिममाथि चीनले ज्यादती गरेको विषय सार्वजनिक गरेका थिए।

चीनले सबै आरोपहरुको खण्डन गर्दै आएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…