डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका नाममा एउटा पत्र लेखेर ह्वाउट हाउसमा छाडे

काठमाडौं, माघ ८ ।अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका नाममा एउटा पत्र लेखेर ह्वाउट हाउस (राष्ट्रपतिको कार्यालय) मा छाडेको पाइएको छ।

यसलाई ट्रम्पले अन्य धेरै परम्परा तोडे पनि आफ्ना उत्तराधिकारीका नाममा पत्र लेख्ने दायित्व निर्वाह गरेको रूपमा लिइएको छ।

तर त्यस पत्रमा के लेखिएको छ भन्ने कुरा बाइडेनले अहिले नखुलाउने बताएका छन्। सीएनएनका अनुसार बाइडनेले भनेका छन्, ‘किनकि यो निजी हो, यसबारे म जबसम्म उनी (ट्रम्प) सँग कुरा हुँदैन तबसम्म यस विषयमा नबोलुँ।’

त्यस पत्रमा बाइडेनलाई के लेखिएको रहेछ भन्ने प्रश्नमा प्रेस सेक्रेटरी जेन साकीले बाइडेनले पत्र खोलेर हेर्दै ‘उदार र अनुकूल’ भनेको मात्र बताए।

उनका अनुसार यो निजी पत्र सार्वजनिक गरिनेछैन। उनले यो पनि भने कि बाइडेन र ट्रम्पबीच तत्काल संवाद गर्ने कुनै योजना छैन।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…