आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुग्यो

काठमाडौं, माघ ७ ।सेयरबजारमा आज ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको हो।

आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको छ। उक्त कारोबारमा १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५३ हजार ३ सय ३४ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको कारोबार सूचक झरेको छ भने बाँकीको कारोबार सूचक बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाखको कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार भने प्रभु बैंकको छ। बैंकको २९ करोड ५२ लाखको, पुनर्बीमा कम्पनीको २७ करोड ३६ लाखको, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाखको र एनआईसी एसिया बैंकको १८ करोड २८ लाखको कारोबार भएको हो।

आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेले भने आज ३.९५ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…