चर्चित लोक दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन

काठमाडौं , माघ ७। चर्चित लोक दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

गायक बानियाँको ‘लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका सयौं गीतहरु चर्चाको शिखरमा छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवं झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामोसमय देखि योगदान दिँदै आएका थिए ।

अमर स्रष्टा रत्न बानियाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । आज ११ः३० बजे पशुपति आर्यघाटमा स्वर्गीय अमर श्रष्टा रत्न बानीयको पार्थीव शरीरमा श्रद्वाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी गराए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…