आजदेखि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकाको सत्ता सम्हाल्ने

काठमाडौं, माघ ७ ।आजदेखि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकाको सत्ता सम्हाल्ने भएपछि अहिलेसम्मका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बाट अन्तिम सम्बोधन गरेका छन्।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने धारणा राखेका छन्।

उनले बिदाइ सम्बोधनमा भनेका मुख्य कुरा :

आफ्नो प्रशासनबारे : हामी यहाँ जे गर्न भनेर आएका थियौं हामीले त्यो गर्‍यौं र अझ धेरै गर्यौं। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनर्स्थापित गर्‍यौं।

घरेलु नीतिबारे : हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो।

विदेश नीतिबारे : हामीले हाम्रा सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गर्‍यौं। हाम्रो बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गर्न सक्यौं, खासगरी कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु।

क्यापिटल दंगाबारे : राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चिजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै स्वीकार गर्न सकिन्नँ।

आफ्नो विरासतबारे : अहिले जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदै छु, म चाहन्छु कि तपाइँहरूले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ।

हेर्नुहोस्, ट्रम्पले आफ्नो कार्यकालको अन्तिम सम्बोधनको यो भिडिओ :

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…