एनसेलले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि ल्यायो आकर्षक बोनस योजना

काठमाडौं, माघ ६ ।एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ। यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।

यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ।

द्रुतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविधकार्यहरु सजिलै गर्न सकिन्छ।

सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेतामार्फत आफ्नो सिमकार्ड सजिलै बिनाकुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन्।

ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर द्रुतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन्।

यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ। फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन्।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ। ग्राहकले आफूले प्रयोग गरेको सिम कार्ड फोरजी सिम हो कि होइन भनेर एस्ट्रिक्स३२४ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…