रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम, माघ ६ ।रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्यास र १७ राउन्ड हवाइ फायर गरेको बताए।

डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।

डीएसपी श्रेष्ठले झडप स्थल प्रहरीको नियन्त्रणमा रहेको र दुवै समूहलाई वार्ता गराउने प्रयास भइरहेको जानकारी दिए।

‘नेकपा र कांग्रेस कार्यकार्ताबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीका तर्फबाट केही सेल अश्रुग्यास र १७ राउन्ड हवाइ फायर गरिएको छ’, डीएसपी विष्टले भने, ‘अहिले झडप स्थल प्रहरीको नियन्त्रणमा रहे पनि जुनसुकै बेला पुनः झडप हुने अवस्था छ।’

उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए।

उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको बताए।

झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…