डा. शेरबहादुरका अनुसार नयाँ कोरोना प्रजाति पहिले नै समुदायमा फैलिसकेको हुन सक्ने आशंका व्यक्त

काठमाडौं, माघ ६ ।नेपालमा पनि नयाँ कोरोना भित्रिएको पुष्टि भइसकेको छ। आनुवांशिकता परिवर्तन गरी निकै संक्रामक बनेको कोरोना भाइरस बेलायतबाट फर्किएका तीन नेपालीमा पाइएकाे हाे।

याे पनि :  बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

यो नयाँ भाइरस पहिलेको भन्दा ७० प्रतिशत बढी फैलिने तथ्य यसअघि नै वैज्ञानिकले पुष्टि गरिसकेका छन्।

यसले ल्याउने स्वास्थ्य जटिलता भने पहिलेको भाइरसले ल्याउनेभन्दा बढी छ भन्ने प्रमाण अहिलेसम्म प्राप्त भइसकेको छैन। तर पनि याे नेपालमा भित्रिनु गम्भीर चिन्ताको विषय भएको स्वास्थ्य मन्त्रालयका सह-सचिव वरिष्ठ भाइरोलजिस्ट डाक्टर वासुदेव पाण्डे बताउँछन्।

नयाँ काेराेना बेलायतबाट आएका ती ३ नेपालीमा मात्रै सीमित हाे कि अन्यमा पनि सरिसक्याे भन्ने कुरा अन्याेल रहेकाे उनी बताउँछन्। उनका अनुसार सम्बन्धित निकायले तुरुन्त यसकाे अध्ययन थाल्न जरुरी छ।

अर्काे कुरा, याे नयाँ भाइरसकाे सर्ने क्षमता पुरानाेकाे भन्दा ७० प्रतिशत बढी भन्ने प्रमाणित भइसकेकाले स्वाभाविक रूपमा पहिलेभन्दा धेरै मानिस संक्रमित हुने जाेखिम छ।

‘यो भाइरस ज्येष्ठ नागरिक, रोगी व्यक्तिमा सर्‍याे भने त मृत्यु हुने जोखिम पनि त बढ्यो,’ डा. पाण्डेले मंगलबार बिहान भने, ‘त्यसैले यो निकै चिन्ताको विषय हो।’

यसअघि इपिडिमियाेलजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे भर्खरै स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्।

डा. पाण्डेका अनुसार अर्काे चिन्ताकाे कुरा विदेशमा सुरुमा याे भाइरस क्यान्सर राेगी तथा कुपाेषणले ग्रस्त मानिसबाट फैलिएकाे पाइएकाे छ।

‘बेलायतमा यो भाइरस लिम्फोमा भन्ने क्यान्सर भएको बिरामीबाट भएको रहेछ, दक्षिण अफ्रिकामा पनि कुपोषणका बिरामीबाट आएको रहेछ,’ उनले भने, ‘नेपालमा पनि कुपाेषण भएका मानिस ३६ प्रतिशत छन्, क्यान्सरका बिरामी पनि त्यत्तिकै छन्।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन हाल नयाँ कोरोना तीन जनामा देखिए पनि यो प्रजाति पहिले नै समुदायमा फैलिसकेको पनि हुन सक्ने आशंका व्यक्त गर्छन्।

उनी भन्छन्, ‘पहिलो कुरा यो तीव्र गतिमा फैलिन्छ, अर्काे कुरा भर्खर जति जनामा यो देखियो, अर्थात् हामीले जति पत्ता लगायौं, त्यतिमा मात्रै यो सीमित हो क समुदायमा पनि कसैले बोकेर हिँडिरहेको छ र सर्ने क्रममा छ?’

सुरुमा बेलायतमा देखिए पनि कोरोनाको यो नयाँ प्रजाति भारतलगायत अन्य धेरै देशमा फैलिसकेकाले बेलायतबाट फर्किनेहरूको मात्रै निगरानी गर्ने कि अन्य देशबाट फर्किनेकाे पनि निगरानी गर्ने भन्ने प्रश्न रहेकाे उनी बताउँछन्।

डा‍. पुनका अनुसार याे तीव्र गतिमा फैलिने भएकाले नेपालमा यसकाे प्रसार व्यापक भएका खण्डमा अस्पतालले धान्न सक्दैन।

‘बेलायत, अमेरिकामा जस्तो व्यापक रूपमा फैलयो भने त यहाँ हाम्रो अस्पताल, स्वास्थ्य सेवाले कतिको धान्न सक्ला,’ उनले भने, ‘त्यसैले यस हिसाबले यो चिन्ताकै विषय हो।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…