स्व. श्रीकृष्ण श्रेष्ठको डुब्लि’केट भनेर चर्चा बटुलेका प्रकाश चन्दले पाए फिल्म खेल्ने अवसर

काठमाडौं, माघ ५। राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मंकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो ।

शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए ।

क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादै छ ।

यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो ।‘तिम्रो हुने कहिले’ मा नृत्य राम’जी लामिछाने र सुनिता बस्नेतको रहने छ ।

यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहने छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…