जुम्ला वितरण केन्द्रले गर्यो लोडसेडिङ तालिकै सार्वजनिक

बेलाबेला

जुम्ला , माघ ५ ।बेलाबेला झ्याप्प झ्याप्प बत्ती जाने गरेको भए पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ भएको होइन भनी दाबी गरिरहेका बेला जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिकै सार्वजनिक गरेको छ।

यो खबर सञ्चारमाध्यममा छाएसँगै जनमानसमा शंका उत्पन्न भएको छ- अबचाहिँ देशभर लोडसेडिङ सुरु हुन लागेको हो?

यस विषयमा काठमाडौंस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा प्रवक्ता मदन तिम्सिनाले त्यो जुम्लाको मात्रै समस्या भएको दाबी गरे।

‘जुम्ला अझै राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छैन,’  उनले भने, ‘त्यसैले त्यहाँ स्थानीय स्तरमा उत्पादित विद्युतबाटै बिजुली बाल्ने गरिएको छ र अहिले त्यसैको व्यवस्थापन मिलाउन स्थानीय स्तरमा विद्युत् कटौती गर्नुपर्ने भएको हो।’

उनका अनुसार विद्युत् प्राधिकरणले त्यसमा समन्वय गरेको मात्रै हो। ‘देशभर लोडसेडिङ सुरु हुन लागेको हो कि भनेर डराउनु पर्दैन,’ उनले भने।

जुम्लामा जारी लोडसेडिङ तालिका

जुम्ला

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…