
काठमाडौं, माघ ५ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर आइतबार राति नेपाल आइपुगेका छन्।
आइतबार राति नेपाल आएका उनी क्वारेन्टाइनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यान स्रोतका अनुसार केही दिनको क्वारेन्टिन बसाइपछि वाटमोर काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा खेलाडीको प्रर्दशन हेर्नेछन्।
क्यानले गत पुस २ मा अष्ट्रेलिया पूर्वब्याट्सम्यान वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। कुल ७२ जनाले नाम नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए।
यसमा १५ जनालाई अन्तर्वार्तामा बोलाइए पनि १२ जना मात्रै उपस्थित थिए। नेपाली क्रिकेट झण्डै एक वर्षदेखि विदेशी प्रशिक्षकविहीन छ।
गत माघमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको एक दिवसीय त्रिकोणात्मक सिरिजसँगै भारतीय प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका थिए।
आफ्नो पारिश्रमिकमा सम्झौताभन्दा बढी कर लगाएको भन्दै पटवालले राजीनामा दिएका थिए।