दश नेपाली पर्वतारोहीले माउन्ट केटुमा सफल आरोहण गरेर इतिहास रचेकै दिन उक्त हिमालबाट खसेर एक पर्वतारोहीको मृत्यु

काठमाडौं, माघ ४ ।दश नेपाली पर्वतारोहीको एक टोलीले विश्वकै दोस्रो सर्वोच्च शिखर माउन्ट केटुमा सफल आरोहण गरेर इतिहास रचेकै दिन उक्त हिमालबाट खसेर एक स्पेनिस पर्वतारोहीको मृत्यु भएको छ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ५ बजे नेपाली टोली माउन्ट केटुको शिखरमा पुगेका थिए।

नेपालको टोली हिउँदको समयमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्न सफल भएका हुन्।

यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए।

सो क्रममा एक स्पेनिस पर्वतारोहीको उक्त हिमाल माउन्ट केटुबाट लडेर मृत्यु भएको सीएनएनले जनाएको छ।

स्पेनिस प्रधानमन्त्री पेड्रो सान्सेजले शनिबार केटुमा चढेर किर्तिमानी बनाउने सपना बोकेका आफ्ना देशका एक पर्वतारोहीको लडेर मृत्यु भएको जानकारी दिए।

उनले ट्वीटमा पर्वतारोही सर्गी मिङगोतेको निधन भएको बताएका हुन्। हालै मात्र सर्गीले आफू ७ हजार मिटरको उचाइमा पुगिसकेको बताएका थिए।

माउन्ट केटु ८ हजार ६११ मिटर अग्लो छ। सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ।

संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ।

सन् २००८ मा ११ जना पर्वतारोहीको केटुमा चढ्ने क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…