अमेरिकाबाट उडेर अस्ट्रेलिया प्रवेश गरेको भनिएको परेवा स्थानीय परेवा नै भएको पुष्टि

काठमाडौं,माघ ४ ।अमेरिकाबाट १३ हजार किलोमिटर उडेर अस्ट्रेलिया प्रवेश गरेको भनिएको जो नामको परेवा स्थानीय परेवा नै भएको पुष्टि भएको छ।

उक्त परेवालाई अस्ट्रेलियाका अधिकारीहरुले मार्न खोजेपछि यो विषय चर्चामा आएको थियो।

सुरुवातमा उक्त परेवा अमेरिकामा ‘पिजन रेसिङ’मा आवद्ध भइसकेको परेवा भएको बताइएको थियो।

उक्त परेवाको खुट्टामा ट्याग थियो। जसले उक्त परेवा अमेरिकाबाट आएको अनुमान गरिएको थियो।

तर उक्त परेवाको खुट्टामा राखिएको ट्याग नक्कली भएको अस्ट्रेलियाका संचार माध्यमले जनाएका छन्।

अमेरिका यतिबेला कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको मुलुक हो। यसबीचमा उक्त परेवामा पनि कोरोना भाइरस भएको आशंका गरिएको थियो।

अस्ट्रेलियाका अधिकारीहरुले यस परेवालाई नियन्त्रण गरेर क्वारेन्टिनमा राख्न नसकिने भएकाले यसलाई मार्न खोजिएको थियो।

तर अनुसन्धानपछि उक्त परेवा स्थानीय नै भएको र अब यसलाई नमारिने बताइएको छ।

अमेरिकामा हालै नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित भएका छन्। त्यसकारण अमेरिकाबाट हालै अस्ट्रेलिया आएको भनिएपछि यस परेवाको नाम पनि जो राखिएको थियो। एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…