डब्ल्यूएचओले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दियो

काठमाडौं, माघ ४ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।

कोरोनाको नयाँ प्रजाति पुराेनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेकाे हाे।

बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको छ। नयाँ कोरोनाले बेलायतमा संक्रमितको मृत्युदर ह्वात्तै बढेको बताइएकाे छ।

यस्तै दक्षिण अफ्रिकामा देखापरेको कोरोनाको नयाँ प्रकार पनि अन्य २० वटा देशमा फैलिसकेको छ।

जापानमा पनि कोरोनाकै अर्को नयाँ प्रकार देखिएको त्यहाँका अधिकारीले बताएका छन्।

उनीहरूका अनुसार चार जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो। ती मानिस ब्रजिलमा संक्रमित भएर आएको अनुमान गरिएको छ।

विज्ञहरूले भने हाल विकास गरिएका खोप नयाँ प्रकारको कोरोनाविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने दाबी गरेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…