बिल गेट्स अमेरिकाकै ठूला जमिनदार

काठमाडौं, माघ ४ ।समाजसेवा र व्यवसायलाई सँगसँगै अघि बढाइरहेका चर्चित अर्बपति बिल गेट्स अमेरिकाकै ठूला जमिनदार रहेका छन्।

उनको खेतीयोग्य जमिन अमेरिकाका १८ राज्यमा फैलिएको एजेन्सीहरुले जनाएका छन्।

प्रविधि क्षेत्रका भए पनि गेट्ससँग २ लाख ४२ हजार एकड जमिन रहेको पछिल्लो एक रिपोर्टले देखाएको हो।

उनी माइक्रोसफ्ट कम्पनीका सीईओ हुन्। फ्लोरिडा, वासिङटनजस्ता सहरमा उनले खेतीयोग्य जमिन जोडेका छन्।

द ल्यान्ड रिपोर्टले उनीसँग भएको खेतीयोग्य जग्गाको स्वामित्वबारे खुलासा गरेको हो।

फोर्ब्सका अनुसार गेट्ससँग १ खर्ब २१ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ। उनको लुजियानामा ६९ लाख ७१ एकड, अर्कान्सासमा ४७ हजार ९ सय २७ एकड र नेब्रास्कामा २० हजार ५ सय ८८ एकड जमिन छ। त्यस्तै फोनिक्स, एरिजोनामा २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्डमा समेत हिस्सेदारी छ। यसमा अफट फेमिलीको १ लाख ९० हजार एकड र स्टिवार्ट र लिन्डा रेस्निकको १ लाख ९० हजार एकड जमिन समावेश रहेको बताइएको छ।

गेट्स दम्पती (बिल गेट्स र श्रीमती मेलिन्दा) सँग कुल २ लाख ६८ हजार ९ सय ८४ एकड जमिनको स्वामित्व रहेको छ। ल्यान्ड रिपोर्टका अनुसार यसमा रिक्रिएसनल ल्यान्ड १ हजार २ सय ३४ एकड र २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्ड रहेको छ।

एक एकडमा ४३ हजार ५ सय ६० वर्गफिट र ४ हजार ४६ दशमलव ८६ वर्गमिटर जग्गा हुन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…