ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाउनुभयो

काठमाडौं, माघ ४। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाउनुभएकाे छ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उहाँले मन्त्री बनाएपछि लात्ताले हानेर भागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्ताे देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

ओलीले आफू त्यस्ता कुरामा नअल्झिने बताउँदै पार्टीमा युवाहरुको कमी नभएको बताउनुभयो । साथै उहाँले प्रदेश १ लाई निर्वाचनमा अत्याधिक मत ल्याएर १ नम्बर प्रदेश बनाउन अग्रसर भएर लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले २०७४ को निर्वाचनको समयमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा गएर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए । पछि उनलाई पर्यटन मन्त्रालयकाे जिम्मेवारी दिइएकाे थियाे । पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई लगायत दाहाल–नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…