गगनकुमार थापाले ओलीको नाम कीर्ते प्रसाद ओली भएको बताए

काठमाडौं, माघ ३ ।नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेको बताए।

‘केपी ओलीको नाम पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’, थापाले भने। उनले राष्ट्रपति भण्डारीले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गरेको आरोप लगाए।

उनले प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको बताए।

उनले ओलीबाट अलगिएका प्रचण्ड–नेपाल समूहप्रति आफ्नो सहानुभूति रहेको बताए। उनले ओलीलाई अहिलेको अवस्थामा ल्याउन प्रचण्ड–नेपालको पनि भूमिका रहेको बबताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…