आज काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने

काठमाडौं, माघ ३ ।आज (शनिबार) काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार नियमित मर्मत सम्भारका लागि भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुँवर कोलोनी, मनकामना टोल र ग्रिनल्यान्ड चोकमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिनेछ।

यस्तै सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीलाघर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् बन्द गरिनेछ।

बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्कमा भने बिहान ७ देखि ८ बजेसम्म बिजुली बन्द गरिने उल्लेख भएकाले यो क्षेत्रमा पुनः विद्युत् सञ्चालन भइसकेको हुनपर्छ।

हेर्नुहाेस्, प्राधिकरणकाे सूचना :

आज

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…