सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते

सप्तरी, माघ २ । सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन्।

रुपनी गाउँपालिका–३, हर्दिया कटैयामा स्थानीय १६ वर्षीया किशोरी जिस्काएको निहुँमा बिहीबार राति ८ बजे दुई पक्षबीच भनाभन हुनुका साथै झडप समेत भएको थियो।

झडपमा केटी पक्षका ८ जना र केटा पक्षका ७ जना गरी १५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए।

केटी पक्षका दिनेश सरदार ,छोटेलाल सरदार, वसन्त सरदार लगायत घाइते भएका छन् भने केटा पक्षका दीपेन्द्र मुखिया ,लक्ष्मण मुखिया, सकलदेव मुखियासहित १५ समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको डीएसपी साहले बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…