
काठमाडौं, माघ २ ।नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्बबराबरको सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि खुला गरेको छ।
इच्छुक लगानीकर्ताले छिटोमा माघ ६ गतेसम्म बैंकिङ समयमा आईपीओ खरिदको आवेदन गर्न पाउने कम्पनीले जनाएको छ।
निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरिसकेको छ।
कम्पनीका अनुसार यो निष्काशनसम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ।
जम्मा २० अर्ब चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ।
हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन (आईपीओ)का लागि आवेदन दिने सबै आवेदकहरुको हात खाली नहुने अनुमान गरिएको छ।