ललितपुर भित्रका सडकमा रहेका ‘स्पिड ब्रेकर’ हटाउन थालियो

ललितपुर, माघ १ ।ललितपुर महानगरपालिका भित्रका सडकमा रहेका ‘स्पिड ब्रेकर’ हटाउन थालिएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको निर्देशनपछि नगर प्रहरीले सडकमा राखिएका ब्रेकर हटाउन थालेको हो।

ललितपुर

नगरपालिकाका सार्वजनिक सडकमा अब स्पिड ब्रेकर नरहने नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए। सडकमा बनाइएका यस्ता ब्रेकरले दुर्घटना कम गर्नेभन्दा पनि दुर्घटना बढाएको निष्कर्षपछि यसको विकल्प खोजिएको हो।

aawash steels

ललितपुर

स्पिड ब्रेकरको ठाउँमा स्पिड कम गर्न सूचना, सडक बत्ति, रबरको कोण वा डिभाइडर राख्न सकिने हाछेथूले बताए। ब्रेकरले यात्रुलाई असहज हुने र सवारी साधानमा समेत क्षति पुग्ने भएकाले हटाउन थालिएको हो।‘तीव्र गतिका सवारी रोक्न यस्ता ब्रेकर बनाएको बताइए पनि ठीक उल्टो नतिजा देखिएको छ’, हाछेथूले भने, ‘अकस्मात ब्रेक लगाउँदा पनि दुर्घटनाको खतरा भयो, नलगाउँदा पनि दुर्घटना हुने, यसले धेरैको ज्यान लिएको छ। त्यही भएर हटाउन थालेका हौं।’

ललितपुर

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…