ज्याक डोर्सीले ट्रम्पको ट्विटर अकाउन्ट बन्द गर्दा दुख लागे पनि निर्णय सहि बताए

काठमाडौं, माघ १ ।माइक्रो ब्लगिङका लागि सबैभन्दा चर्चित एप ट्वीटरका मालिक तथा प्रमुख ज्याक डोर्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट बन्द गर्दा आफूलाई दुख लागेको बताएका छन्।

यद्यपी ट्रम्पको ट्विटर बन्द गर्ने निर्णय सही रहेको उनको भनाइ छ ‘असाधारण परिस्थिती सिर्जना भएपछि उनको ट्विटर अकाउन्ट बन्द गरिनु अपरिहार्य थियो’ डोर्सीले भनेका छन्।

ट्विटरले ट्रम्पका ट्विटहरु हिंसा भड्काउने किसिमको भएको बताउँदै उनको ट्विटर सँधैको लागि बन्द गरिदिएको हो।

aawash steels

ज्याक डोर्सी
डोर्सीका अनुसार धेरैपटक चेतावनी दिँदासमेत ट्रम्पले हिंसा भड्काउने किसिमका ट्विट गर्न छाडेनन्। गतहप्ता ट्रम्पकै उक्साहटका कारण ट्रम्प समर्थकले अमेरिकी संसदमा आक्रमण गरेका थिए।

संसदमा आक्रमण भएको भोलिपल्टै ट्विटरले ट्रम्पको अकाउन्ट सँधैको लागि बन्द गरिदिएको थियो।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…