
काठमाडौं, पुस २८ ।चीनको एक सुनखानीमा विस्फोट हुँदा २२ मजदुर खानीमै थुनिएका छन्।
उत्तरपूर्वी सानदोङ प्रान्तमा आइतबार विस्फोटन भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ।
आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विस्फोटन भएपछि हालसम्म पनि थुनिएका मजदुरसँग सम्पर्क हुन सकेको छैन।
विस्फोटनले संचार प्रणाली नै बिग्रिएको बताइएको छ। हाल मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको छ।