शरणार्थी शिविरको एक छाप्रोमा आगलागी हुँदा एकको मृत्यु

काठमाडौं, पुस २८ ।झापास्थित भुटानी शरणार्थी शिविरको एक छाप्रोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दिएको जानकारीअनुसार सोमबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरर्णाथी सिबिर सेक्टर नं. डी ४, छाप्रा नं. ३२५ मा बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा अचानक आगलागी हुँदा त्यसभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

aawash steels

आगलागीबाट छाप्रा, छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद ३ लाख रुपैयाँ, खाद्यान्य तथा लत्ताकपडा सबै जलेकाले अनुमानित ८ लाख रुपैयाँको धनमाल क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

आगलागी स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा राति सवा ८ बजे निभाइएको थियो।

पोस्टमार्टमका लागि राईको शव दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आगलागीको कारण थाहा हुन नसकेकाले थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…