बुवाआमाले छोरीको घरभित्रै जलाएर बिभत्स हत्या

काठमाडौं, पुस २८ ।कक्षा ९ मा पढ्दै गरेकी मानाकुमारी साह १५ औँ वर्ष पार गरेर १६ औँ वर्षमा लागेकी थिइन्।

पढेलेखेर आफैँले रोजेको जीवनसाथीसँग हाँसिखुसी जीवन विताउने रहर थियो उनको। तर, त्यही रहर उनको जीवनलीला सिध्याउने कारण बन्यो।

कथित तल्लो जातको केटासँग नजिकिएको आशंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै जलाएर बिभत्स हत्या गरेको रहस्य खुलेको छ।

पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरी गाउँका मनबोध साहको घरमा कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागी भयो। आगलागीमा जलेको घरभित्र मानाकुमारीको शव पनि जलेको अवस्थामा भेटिएको थियो।

aawash steels

त्यतिबेला बुवाआमाले छोरी निदाएकै अवस्थामा घरमा आगो लागेकाले बचाउन नसकिएको बताएका थिए। तर, घटनास्थल पुगेका प्रहरी अधिकृतले घरमा भएको आगलागी र मानाकुमारीको शवको प्रकृत्ति शंकास्पद देखेपछि अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानका क्रममा आफूहरुले मन नपराएको गाउँकै युवकसँग सम्बन्ध बनाएको निहुँमा बुवाआमाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाले बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…