मसालले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह

काठमाडौं, पुस २७ ।नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

सोमबार एक विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको बताउँदै सरकारसँग राष्ट्रिय एकता दिवस कार्यान्वयन गर्न माग गरेका हुन्।

‘पृथ्वीनारायण शाहले राज्यविस्तारको अभियान जुनसुकै उद्देश्य राखेर शुरु गरेको भएपनि त्यसको दीर्घकालिक परिणामको रुपमा एकीकृत नेपालको निर्माण हुन गएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको कुरा प्रष्ट छ।’

aawash steels

मसालले देशको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै नेपाललाई सार्वभौमिक स्वतन्त्र र स्वाधीन मुलुकको रुपमा कायम राखिराख्न पनि सबैले योगदान दिनुपर्नेमा जोड दिएको छ।

नेपालको एकीकरणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको कदर र सम्मान गर्नुपर्ने मसालले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…