
काठमाडौं, पुस २७ । आज सोमबार सुनको मूल्य आठ सय रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै तेजाबी सुन आज ९१ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएको छ। चाँदीको भाउ पनि आज प्रतितोला १२ सय ३० रुपैयााँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि आज ४० रुपैयाँ सस्तो भएको हो।
यसअघि आइतबार एकैदिन २३ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।