कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली बिहीबार चीन पुग्दै

काठमाडौं, पुस २७ ।कोरोना भाइरस ‘कोभिड १९’को उत्पत्तिबारे विशेषरुपमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली बिहीबार चीन पुग्दै छन्।

चीनले सोमबार डब्लूएचओको टोली आफ्नो भूमिमा बिहीबार अवतरण गर्ने बताएको एससीएमपीले जनाएको छ।

सुरुवातमा चीनले डब्लूएचओको टोलीलाई आफ्नो भूमिमा कोरोना अध्ययनका लागि बन्देज लगाएको थियो।

aawash steels

त्यसबेला डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रिएसुसले चीनले स्वतन्त्र अध्ययन गर्न नदिनु निराशाजनक भएको बताएका थिए।

तर पछि गएर चीनले डब्लूएचओको टोलीले आफ्नो भूमिमा कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न सक्ने बताएको थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले डब्लूएचओको टोलीलाई चिनियाँ वैज्ञानिकहरुले सहयोग गर्ने बताएको छ।

चीनले कोरोना भाइरसलाई प्रयोगशाला बनाएको भन्ने आरोप लाग्ने गरेको छ। साथै चीनमाथि कोरोनाको खतरा लुकाएको आरोप पनि लागेको छ।स्वतन्त्र अध्ययनबाट यस्ता धेरै तथ्य र रहस्य फेला पर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…